खत्याडी मा.वि.लाई ग्वलोवल आईएमई बैंकद्धारा कम्युटर सहयोग
किरण धामी
असोज १९, डोटी
डोटीको बोगटान फुड्सिल गाँउपालिका-७ चवरा चौतार खत्याडीमा रहेको नमुना विद्यालय श्रि खत्याडी माद्यामिक विद्ययालयलाई ग्वलोवल आईएमई बैंक बोगटान शाखाले कम्युटर सहयोग गरेको छ । आइतबार एक अनौपचारीक कार्यक्रमका बिच विद्यालयलाई साढे दुई लाख बराबरका पाँच ओटा कम्युटर ग्वलोवल आईएमई बैंक बोगटान शाखाद्धारा विद्यालयलाई प्राप्त भएको खत्याडी माद्यामिक विद्ययालयका प्राध्यानाध्यपक डम्वर बहादुर गडसीलाले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष तथा बोगटान फुड्सिल गाँउपालिका-७ चवरा चौतारका वडा अध्यक्ष देव बहादुर बमलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कम्युटर हस्तान्तरण गरेको ग्वलोवल आईएमई बैंक बोगटान शाखाका शाखा प्रमुख चेतराज पाठकले बताउनु भयो । सहयोग कम्युटर बुझ्दै अध्यक्ष बमले सहयोगी बैंकलाई धन्यबाद दिदै आगामी दिनमा पनि यस्तो सहयोगकोे अपेक्षा आफुहरुले गरेको बताउनु भयो ।
यस्तै विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण बन्द भएका सामुदायिक विद्यालय सञ्चालन गर्ने सम्बन्धमा आइतबार बोगटान फुड्सिल गाँउपालिका ७ चवरा चौतारमा सरोकारवाला बिच छलफल भएको छ । वडामा भएका चार ओटा आधारभुत विद्यालय र एक माद्यामिक विद्यालयका प्राध्यानाध्यापक संग बसेर विद्यालय सञ्चालन गर्ने सम्बन्धमा छलफल भएको बोगटान फुड्सिल गाँउपालिका ७ चवरा चौतारका वडा अध्यक्ष देव बहादुर बमले जानकारी दिनुभयो । छलफलमा आउने कात्र्तिक १६ गतेबाट विद्यालयमा नियमित पठनपाठन सुरु गर्ने निर्णय भएको पनि अध्यक्ष बमले बताउनु भयो ।