
लालबहादुर चदारा, मेल्लेख

अछामको मेल्लेक गाउँपालिकाले मेल्लेख गाउँपालिकाले अपाङ्ग व्यक्तिको प्रोफाइल बनाउने भएको छ । अछामको मेल्लेख गाउँपालिकामा स्थानीय बाल अधिकार समितिको बैठकले उक्त निर्णय गरेको थियो ।
मेल्लेख गाउँपालिका रहेको आकस्मिक बाल कोषमा आस्था नेपाल नामक गैर सरकारी संस्थाले तत्काल रु ५० हजार अनाथ बालबालिकाको लागि सहयोग गर्ने, जोखिममा रहेका बालबालिका शैक्षिक सामग्री उपलब्ध गराउने, ५ जना संरक्षक विहीन बालबालिकालाई ललितपुरमा रहेको मामाघर अनाथालय केयर सेन्टरमा पठाउने निर्णय गरेको छ ।
मेल्लेख गाउँपालिका बाल अधिकार समितिको आयोजना आस्था नेपालको साझेदारी वर्ल्ड भिजन ईन्टरनेसनल नेपालको सहयोग मेल्लेख गाउँपालिकाको समन्वयमा बैठक सम्पन्न भएको हो ।
मेल्लेख गाउँपालिका उपाध्यक्ष तथा बाल अधिकार समितिका संयोजक नृप बहादुर खड्काको अध्यक्षतामा भएको बैठकका प्रमुख अतिथि मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउद रहनु भएका थिए ।
