जेठ ५, डोटी
भू–स्वर्गका नामले परिचित पर्यटकीय तथा धार्मिक स्थल खप्तडमा रक्तदान कार्यक्रम गरिएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजको आयोजनामा ३२ सय मिटरको उचाइमा रहेको खप्तडमा पहिलो पटक रक्तदान गरिएको हो ।
कार्यक्रममा समाजका केन्द्रीय सदस्यहरू गोविन्द वाग्ले, प्रेम लम्साल र विमल भित्रकोटी तथा शिखर नगरपालिकाका पूर्व नगरप्रमुख सिताराम जीशीले रक्तदान गरेका थिए ।
स्वस्थ व्यक्तिले जुनसुकै ठाउँमा रक्तदान गर्न सक्छ भन्ने सन्देश दिनका लागि खप्तडमा कार्यक्रमको आयोजना गरिएको समाजका केन्द्रीय अध्यक्ष एवं सय पटक रक्तदान गरेका प्रेम सागर कर्माचार्यले बताए ।