आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

Sayalb
जेठ २८ । भोजपुरमा प्रहरीले आमाको हत्या गरेको आरोपमा छोरालाई पक्राउ गरेको छ । अरुण गाउँपालिका–४ ल्याङडाँडा चरम्बीका ३४ वर्षीय मिलन तामाङलाई ६८ वर्षीया आमा निरकुमारी तामाङको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो ।
मिलनलाई आइतबार साँझ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मिलनले खुर्पा प्रहार गरी निरकुमारीको हत्या गरेको सूचनाको आधारमा चरम्बीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Shaileshwori
Loading...