गजल (कहाँ छ)

                           गजल
बलिदान दिन तयार छु गला रेट्ने तरबार कहाँ छ
पीडितलाई न्याय दिने मेरो देशमा सरकार कहाँ छ

मलाई पनि बलात्कारको अभियोग लगाई दिनुहोस्
ए सरकार म निर्दोष बस्ने त्यस्तो कारागार कहाँ छ

Sayalb

तिम्रो काठमाडौंमा छिट्टै रेल आउछ भन्ने सुनेको छु
मेरो सुदुरका जनताहरुलाई जिउने आधार कहाँ छ

कुहिएका चामल पठाउँनु हुन्छ सधैं मेरो जिल्लामा
यहाँ गुणस्तरीय खाद्य वस्तु पाउने बजार कहाँ छ

नेताको टाउको दुखेको खबर लेख्छन् पत्रकारले
गरिब जनताको लागि लेखेको समाचार कहाँ छ
                          बोनस
न्याय नपाउँदा पीडितले मानसिक सन्तुलन गुमायो
भ्रष्टको छातीमा नै चलाउँछु गोली हतियार कहाँ छ
✍️🌷गणेश बिष्ट बर्षात🌷
साँफे बगर नगरपालिका-११ अछाम

Shaileshwori
Loading...