डोटीमा राष्ट्रिय परिचयपत्र बनाउन सुरु
डोटीमा राष्ट्रिय परिचयपत्र बनाउने काम सुरु भएको छ । नेपाली नागरिकको ब्यक्तीगत बिवरण राख्नका लागी तयार गरिने परिचयपत्र बनाउन डोटीमा पनि सुरु भएको हो ।
गएको भाद्र २८ गतेदेखी डोटीमा पनि राष्ट्रिय परिचयपत्र संकलनको काम सुरु भएको बिवरण गर्दा कम्युटर अपरेटर तिलख बिष्टले बताए ।
जिल्ला प्रशासन कार्यालय डोटीमा नै ब्यक्तीगत बिवरण संकलन गर्नका लागी कार्यकक्ष स्थापना गरिएको छ ।
नयाँ डिजिटल प्रबिधि अनुसार राष्ट्रय परिचयपत्र तयार गरिने छ । सम्बन्धीत ब्यक्तीको तिन पुस्ते बिवरण राखिने परिचयपत्र सुरक्षित र भरपर्दाे मानिन्छ ।
भाद्र २८ गतेदेखी सेवा सुरु भएको भएपनी जानकारी अभाबका कारण अपेक्षित अनुसार परिचयपत्र बनाउनेको संख्या नरहेको बिष्टले बताए । सुरु भएदेखी हालसम्म ३५ जनाले राष्ट्रिय परिचयपत्र बनाएका छैन ।