गोली लागि एक जनाको मृत्यु प्रकरणमा दुई जना पक्राउ

साउन १९ , डोटी । पूर्वीचौकी गाउँपालिका वडा नम्बर ६ गाँजरीका ३० वर्षीय अमर थापाको मृत्यु प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गाँजरीको बतडा स्थित घोत्नेगडा सामुदायिक वनमा सिकार खेल्ने क्रममा बन्दुकको गोली लागेर थापाको मृत्यु भएपछि घटनामा संलग्न दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ डाँडागाउँ बस्ने ३३ वर्षका रामबहादुर साउद र सोही ठाउँका ४२ वर्षका दिल्ली साउद रहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक (डिएसपी) भिमलाल भट्टराईले जानकारी दिनुभयो ।

दुवै जनालाई प्रहरीले शुक्रवार साँझ करिब ८ बजेतिर धानवारिमा लुकेको अवस्थामा दिपायल सिलगढी नगरपालिका–८ नारीदाङबाट पक्राउ गरेको डिएसपी भिमलाल भट्टराईले बताउनुभयो । उनीहरू जङ्गली बँदेलको सिकार खेल्न घोत्नेगडा सामुदायिक वनमा गएको अवस्थामा यस्तो घटना घटेको बताइएको छ ।

Sayalb

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय डोटीमा ल्याएर अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ । प्रहरीले घटना भएको स्थान नजिकैबाट दुई ओटा भरुवा बन्दुक पनि बरामद गरेको छ ।

थापाको शुक्रवार बिहान करिब ११ बजेतिर भरुवा बन्दुकको गोली लागेर घटना स्थलमै ज्यान गएको थियो । थापाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

डोटीमा गोली लागेर सिकार खेल्न गएका एक जनाको मृत्यु

Shaileshwori
Loading...