पुर्विचौकीका बिद्यालयमा यौन तथा प्रजनन् सम्बन्धी कक्षा सञ्चालन गरिने

हरिभक्त साउँद/ पुर्विचौकी

Sayalb

पुर्वीचौकी गाउँपालिकामा यौन तथा प्रजनन् तथा सुरक्षित गर्भवतन सेवा सम्बन्धी कार्यक्रमलाई बिद्यालयमा सञ्चालन गरिने भएको छ । सुरक्षित गर्भपतन सेवा सम्बन्धी एक दिने अन्तरक्रीया कार्यक्रम पश्चात यौन तथा प्रजनन् स्वास्थ्य र सुरक्षित गर्भपतन सेवा सम्बन्धी जानकारी सहितका कार्यक्रम बिद्यालयमा सञ्चालन गर्ने निर्णय गरिएको हो ।
आईपास नेपालको सहयोगमा सामुदायिक बिकास मञ्च नेपाल (सिडिएफ) मार्फत सञ्चालित सुरक्षित गर्भवतन सेवा सम्बन्धी कार्यक्रम सञ्चालन गरिने भएको हो ।
कोभिड–१९ का कारण प्रवासी दाजभाई दिदीबहिनीहरु फर्किएका कारण यौन तथा प्रजनन् स्वास्थ्यको बिषय अझ महत्वपुर्ण भएको गाउँपालिकाका उपाध्यक्ष निर्मला साउदले बताईन । यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालनका लागी आगामी आर्थिक बर्षमा बजेटको ब्यबस्था गर्ने निर्णय गरिएको छ ।
गाउँपालिकाका उपाध्यक्ष निर्मला देवी साउदको अध्यक्षतामा सपन्न उक्त अन्तरक्रिया कार्यक्रममा कार्यपालिकाका सदस्यहरु, गाउपालिकाका कर्मचारीहरु तथा स्वास्थ्य शाखाका कर्मचारीहरुको सहभागिता थियो ।

Shaileshwori
Loading...