भदौ २८, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। शुक्रबार तोलामा एकै पटक तीन हजार रुपैयाँले वृद्धी भएसँगै छापावाल सुनको मुल्य अहिलेसम्मकै उच्च भएको हो ।
बिहिवार प्रतितोला १ लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ५६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । पछिल्लो समय सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ ।
अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धिका साथै आन्तरिक बजारमा सुनको भन्सार बढाइएका कारण मूल्यमा प्रभाव देखिएको बताइएको छ ।
त्यस्तै चाँदीको भाउ पनि शुक्रबार तोलामा ६५ रुपैयाँ बढेको छ । बिहिबार प्रतितोला १ हजार ७ सय ९५ रहेकोमा शुक्रबार १ हजार ८६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।