संविधान संशोधनका लागि सुझाव दिन समाजवादीले बनायो कार्यदल

पुस २, काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) ले संविधान संशोधनका लागि सुझाव पेश गर्न कार्यदल बनाएको छ ।  पार्टी स्थायी कमिटिको बैठकले संविधान संशोधनका लागि आवश्यक सुझावसहितको प्रतिवेदन पेश गर्न पार्टी उपाध्यक्ष प्रकाश ज्वालाको संयोजकत्वमा सात सदस्यीय कार्यदल बनाएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

उनका अनुसार कार्यदलका अन्य सदस्यमा गरिमा शर्मा, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई छन् । उनले बैठकले केन्द्रीय सचिवालय समितिसमेत गठन गरेको जानकारी दिए। केन्द्रीय सचिवालयमा केन्द्रीय कमिटीका अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेता, उपाध्यक्षहरू, महासचिव, उपमहासचिव र सचिवसहित २४ सदस्य रहने उनले बताए ।

Sayalb

त्यस्तै बैठकले अगामी निर्वाचनमा एक्लै लड्ने र त्यसको तयारीको लागि जनताको बीचमा जानेसमेत निर्णय गरेको छ । प्रवक्ता खतिवडाकाअनुसार जनजीविका, सुशासन र भ्रष्टाचारका सम्बन्धमा जनताको चेतना वृद्धि गर्नका लागि अथवा आन्दोलनका माध्यमबाट पार्टी निर्माणका लागि आन्दोलन र जनसंघर्ष गर्ने निर्णय गरिएको छ ।

जनसंघर्षका कार्यक्रम केही दिनमा सार्वजनिक गरिन उनले बताए । पार्टीलाई जनतासँग जोड्नका लागि स्थानीय तहदेखि केन्द्रीय तहसम्म जनसंघर्ष गर्ने निर्णय भएको उनले बताए ।

Shaileshwori
Loading...