यू–१९ महिला एशिया कप : बंगलादेशसँग पराजित हुँदै बाहिरियो नेपाल

एसीसी महिला यू–१९ एशिया कप क्रिकेटअन्तर्गत सुपर चारको अन्तिम खेलमा नेपाल बंगलादेशसँग ९ विकेटले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

मलेशियाको वायुमास ओभल मैदानमा वर्षाले अवरोध गरेकाले ११ ओभरमा छोट्याइएको आजको खेलमा नेपाल बंगलादेशसँग ९ विकेटले पराजित भएको हो । यसअघि नेपाल-श्रीलंकाबीचको खेल पनि वर्षाले अवरुद्ध गरेपछि दुवैले १/१ अंक बाँडेका थिए ।

Sayalb

आजको जितसँगै बंगलादेशले अब एशिया कपको फाइनलमा भारतसँग प्रतिष्पर्धा गर्नेछ । नेपालले पहिले ब्याटिङ गर्दै ११ ओभरमा ८ विकेट गुमाएर ५४ रन बनाएको थियो। जितका लागि ५५ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले ९ ओभर ५ बलमा एक विकेटमात्र गुमाएर ५६ रन बनाउँदै खेल जित्यो ।

उसका लागि ओपनर फाहोमिदा चोयाले २६ रन बनाइन् भने अर्की ओपनर मोसमत इभाले १८ रन बनाइन्। साथै सुमैया अख्तरले १० रन बनाइन् ।  नेपालका लागि मेडियम पेसर कुसुम गोदारले एक विकेट लिइन् । टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर सावित्री धामीले सर्वाधिक ११ रन बनाइन्। कप्तान पूजा महतोले ९ र एलिशा यादवले ८ रन बनाइन् ।

बंगलादेशका फर्जाना इस्मिन, अनिशा अख्तर सोबा, फहोमिदा चोया र हबिबा इस्लाम चारैजनाले १/१ विकेट लिए ।

Shaileshwori
Bolpatra
Loading...