गोबिन्द केसीलाई हृदयघातको जोखिम : डाक्टर

अनशनरत डाक्टर गोबिन्द केसीमा ह्दयघात हुने सम्भावना रहेको चिकित्सकहरुले बताएका छन । २६ दिनदेखि अनसनरत् वरिष्ठ चिकित्सक गोविन्द केसीको स्वास्थ्य गम्भीर बन्दै गएको छ । केसीको मुटुको चाल अनियमित रहेको, धड्कन असन्तुलित रहेको भन्दै चिकित्सकले कुनै पनि बेला मुटुको चाल रोकिएर हृदयाघात हुने जोखिम रहेको औंल्याएका छन् ।
शुक्रबार केसीको उपचारमा संलग्न चिकित्सक सुवासप्रसाद आचार्यले स्वास्थ्य बुलेटिन जारी गरी केसीको स्वास्थ्य अत्यन्तै गम्भीर रहेको जनाएका हुन् ।
यस साथै उनलाई छाती दुख्ने, थकान हुने, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने समस्या छ । उनको दायाँ छातीमा निमोनियाको लक्षण देखिएको छ । ‘थोरै बोल्दा पनि सास फेर्न गाह्रो हुने समस्या छ। आज करिब १ः१५ बजे सास फेर्न गाह्रो भयो। साधारणतया सामान्य मानिसमा अक्सिजनको मात्रा ९६/९७ देखि १०० प्रतिशत हुनुपर्छ, तर उहाँमा अक्सिजन नलगाइको अवस्थामा ८६/८७ प्रतिशत छ,’ बुलेटिनमा भनिएको छ ।

Sayalb

केसीको रगतमा सेतो रगतको मात्रा अत्यन्तै कम छ। उनको रगतमा सुगरको मात्रा पनि कम छ। रगतमा सोडियम, पोटासियम, क्याल्सियम र फोस्फोरस अत्यन्तै कम रहेका कारण इन्फेक्सन हुने जोखिम बढेको बुलेटिनमा जनाइएको छ ।
छातीको उनको सिटिस्क्यान र एक्सरे गरिएको छ । उनको रक्तचाप घटेर ९०/४०, कहिले ११०/६० हुने गरेको छ ।

Shaileshwori
Loading...