सनिबार डोटीका ३ जनामा कोरोना पुष्टि

निर्मला बम/डोटी
सनिबार डोटीमा थप तिन जना कोरोना संक्रमित थपीएका छन् । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरीएको परिक्षणमा डोटीका थप तिन जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । यो संगै डोटीमा कोरोना संक्रमितको संख्या एक हजार एक सय १४ पुगेको छ ।

Sayalb

आज केआईसिंह गाँउपालिका वडा नम्बर २ का २७ वर्षय एक पुरुष, दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का ५२ वर्षका एक पुरुष र वडा नम्बर ५ का ४२ वर्षका एक पुरुष गरी तिन जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । स्वास्थ्य कार्यालयल डोटीका अनुसार वडा नम्बर ५ का कोरोना संक्रमित नेपाली सेनामा कार्यरत व्यक्ति हुन ।
हाल जिल्लामा ९२ जना संक्रिय संक्रमित छन् भने एक हजार २२ जना कोरोना जितेर घर फर्कीसकेका छन् ।

Shaileshwori
Loading...