चौधरी पक्राउबारे जानकारी दिन संसदमा माग

वैशाख २२, काठमाडौँ। सांसद अब्दुल खानले रेशम चौधरीलाई पक्राउ गरिएको बारेमा संसदमा जानकारी दिन माग गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका बिचमा एकता हुन लागिरहेको सन्दर्भमा चौधरीलाई पक्राउ गर्नुको पछाडि राजनीतिक षड्यन्त्र भएको आरोप लगाए । सांसद रामप्रकाश चौधरीले नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीको पक्राउका बारेमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेका छन् ।

Sayalb

सांसद गङ्गाराम चौधरीले यही वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका बिचमा एकताको प्रक्रिया अगाडि बढिरहेको बेला सर्वोच्च अदालतको नक्कली पत्रले रेशम चौधरीलाई अनाहकमा दुःख दिएको बताए ।

Shaileshwori
Loading...