चितवनको भरतपुर महानगरपालिका-२० का वडाध्यक्षको कोरोनाबाट मृत्यु

चितवनको भरतपुर महानगरपालिका वडा नम्वर २० का वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु भएको छ । वडा अध्यक्ष मणिलाल तामाङको भरतपुर अस्पतालमा उपचारको क्रममा आइतबार बिहान साढे ११ बजे मृत्यु भएको अस्पतालका कोभिड–१९ क्लिनिकका संयोजक डा प्रमोद पौडेलले जानकारी दिनुभयो ।

Sayalb

असोज १४ गते पिसीआर परीक्षण गरिएकोमा दुई दिनपछि कोरोना पुष्टि भएका ६९ वर्षीय तामाङलाई उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि असोज २३ गते अस्पताल भर्ना गरिएको थियो । अवस्था जटिल बन्दै गएपछि भ्यान्टिलेटरमा राखेर उपचारका क्रममा उहाँको मृत्यु भएको हो ।

उहाँ गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।

Shaileshwori
Bolpatra
Loading...