जिल्ला ट्राफिक प्रहरी डोटी सचेतना कार्यक्रम गर्दै

तेजु ओली/डोटी
पछिल्लो समय जिल्लामा कोरना संक्रमणको दर बढ्न थालेपछि डोटी ट्राफिक प्रहरीले पनि चासो देखाउन थालेको छ । सवारी साधनमा भिडभाड बढ्न थालेपछी कोरनाको जोखिमबाट बच्न जिल्ला ट्राफिक प्रहरीले सचेतना फैलाउन लागेको हो । आज यातायात व्यवस्था सेवा कार्यालय डोटी र शैलेश्वरी सार्वजनिक यातायात प्रा.ली र जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीको संयुक्त रुपमा सचेतना मुलक कार्यक्रम गरिएको छ ।

कोरना भाइसबाट बच्नका लागी र यसबाट हुने क्षेति न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिकले सवारी चालक, सहचालक, यात्रु, सर्वसाधारणका लागी सचेतना कार्यक्रम गरेको छ । डोटीमा सार्वजनिक भाडाका लगायत अन्य सवारी साधनहरुको हाईबे चेकिङको क्रममा बढी भाडा लिने, सिट क्षमता भन्दा बढी यात्रु, राख्ने सवारी साधनलाई कारबाही गरी मास्क तथा सेनिटाईजरको प्रयोग गर्न भनि सम्झाई बुझाई गरिएको कार्यालयले जनाएको छ ।
जिल्ला सदरमुकाम सिलगढी नजिकै उडीतोला र सिखर नगरपालिकाको तलकोट लगायतका क्षेत्रबाट ग्रामीण भेगमा जाने सवारी साधनका चालक, सहचालक, सवारी धनी, यात्रुलगायतलाई गाडी रोकेर सचेतना कार्यक्रम गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक असोक खडकाले बताउनुभयो ।
ग्रामीण भेगमा बढि भाडा लिने स्वास्थ्य सुरक्षा नअपनाउने सवारी साधन चलाउनेलाई यात्रु आफैले पनि खबरदारी गर्नुपर्ने ट्राफिक प्रहरीको अनुरोध गरेको छ । कोरना भाइरसको कारण देखाउदै बढी भाडा असुल्ने गुनासो आउने गरेको तर कुन नम्बर गाडीले कति बढि लिएको छ भन्ने कुरा नआउदा समस्या हुने गरेको खड्काले बताउनुभयो ।
नियमको उलङ्घन गर्ने सरकारी तथा निजी क्षेत्रका सवारी चालकको साधन चलाउने अनुमतिपत्र, सवारी साधनको आवश्यक कागजात सधैं साथमा हुनुपर्ने बताउँदै खडकाले नियम भन्दा बढी यात्रु चढाउनेलाई कारवाहीको दायरामा ल्याउने समेत बताउनुभयो ।
सचेतना कार्यक्रममा ट्राफिकको कार्यक्रम प्रभावकारी रहेको बताउँदै ग्रामीण भेगमा समेत कार्यक्रम लग्नुपर्ने सवार यात्रुले बताएका छन् । तोकिएको भन्दा बढी भाडा लिने बिषयमा सबैको चासो र खाँचो रहेको भन्दै गाउँगाउँमा सवारी जाँचसमेत हुनुपर्ने यात्रले ट्राफिक प्रहरीलाई सुझाएका छन ।
