कर्णाली प्रदेशको सत्ता संघर्षले लियो नयाँ मोड, सचेतक परिवर्तन
मुख्यमन्त्री शाहीले प्रमुख सचेतकमा सीता नेपालीलाई नियुक्त गरे


कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले प्रमुख सचेतक हटाएर नया सचेतक नियुक्त गरेका छन् । शाहीले प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाएर सचेतकमा सीता नेपालीलाई नियुक्त गरेका हुन । यसले गर्दा कर्णाली प्रदेशको सत्ता संघर्षले नयाँ मोड लिएको छ । आइतबार १८ जना सदस्यले संसदीय दलका नेता तथा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव गरेका थिए । कर्णालीको राजनीति चर्चाको विषय बनेको छ । यसअघि प्रमुख सचेतकका हैसियतमा शाहले नेकपा प्रदेशको संसदीय दलको बैठक मंगलबार दिनको १ बजे बोलाएका थिए । तर नवनियुक्त प्रमुख सचेतक नेपालीले संसदीय दलको बैठक मंगलबार नबस्ने बताउनु भएको छ ।
