डोटीमा ६८ वर्षीय पुरुष मृत अवस्थामा फेला

कार्तिक २७, डोटी ।  डोटीमा एक जना पुरुष मृत फेला परेका छन् । जिल्लाको बडीकेदार गाउँपालिका–५ अत्तरकाँडाका ६८ वर्षीय दानसिंह कोत्केनी बिहिवार मृत अवस्थामा फेला परेका हुन् । बुधवार दिउँसो करिब १२ बजेको समयमा घरबाट तरकारी बेच्न भन्दै स्थानीय बागछेडा बजारतर्फ गएका उनको शव आज बिहान करिब ११ बजे सोही गाउँपालिकाको-४, भिर चौतारीस्थित विपिनगर–बागछेडा सडक खण्डको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

Sayalb

शव फेला परेको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी खड्यौलीबाट प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) विक्रम डगौराको कमाण्डमा तीन जनाको टोली घटनास्थलतर्फ खटिएको थियो । साथै, थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय विपिनगरबाट प्रहरी निरीक्षक वीर बहादुर बोहराको कमाण्डमा पाँच जनाको टोली पनि खटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको कारण खुल्न बाँकी रहेको र विस्तृत अनुसन्धान भइरहेको जनाएको छ ।

Shaileshwori
Loading...