अदालतका कर्मचारीमा कोरोना पुष्टि भएपछि २८ गते सम्मका सेवा बन्द
उच्च अदालत दिपायलका कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा उच्च अदालत दिपायलका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । अदालतका कर्मचारीमा कोरोना देखिएपछि अदालतबाट हुने बन्दीप्रत्यक्षिकरण र कोरोना सम्बन्धि रिट निवेदन बाहेकका सबै सेवाहरु यही असोज २८ गते सम्मका लागी बन्द हुने निमित्त रजिष्ट्रार सीता रेग्मीले बताउनु भयो । कोरोना संक्रमित कर्मचारीको सम्पर्कमा आएका कर्मचारीको थ्रोट स्वाव संकलन गरेर परीक्षणका लागि पठाइएको र नतिजा नआउन्जेल आइसुलेसनमा बस्नु पर्ने भएकोले सेवाहरु बन्द गर्ने निर्णय भएको निमित्त रजिष्ट्रार रेग्मीले बताउनु भयो ।