दुबै मृगौला फेल भएका रतनका परिवारको अपिल ‘सहयोग गर्नु होस ज्यान बचाईदिनु होस’
डोटीको केआईसिंह गाउँपालिका वडा नं.– ४ वायल काफलीका ३८ वर्षिय रतन धामीका दुवै मिर्गौला फेल भएका छन । धामी भारतको लुधियानामा मजदुरी काम गर्दै आएका थिए ।
धामी परिवारको आर्थिक अवस्था कमजोर भएका कारणले उपचार गर्न असम्भब रहेको नारायण धामीले बताए ।
धामीको उपचारमा ६ लाख खर्च परिवारले गरेको भएपनी थप रकम जुटाउन परिवार असमर्थ भएका छन ।
हप्ताको दुई पटक डाइलासिस गर्नु परिरहेको धामी दाई नारायन धामीले बताए । ‘भारतबाट भाईले फोन गरेर बोलाउदा पनि भारत जान अधार कार्ड चाहिने हुदा आफ्नो आधार कार्ड नभएकाले जान सकेको छैन ।’
भाईको मिर्गौला फेर्न धेरै खर्च लाग्ने हुदा सहयोगी संघसस्था, स्वदेदेशी तथा विदेशमा रहेका नेपाली दाजुभाईलाई सहयोग गरिदिन दाजु नारायन धामीले अपिल गर्नु भएको छ ।
धामीका दुई छोरा दुई छोरी रहेका छन । उनलाई सहयोग गर्न चाहनेले रतन धामीको मोवाईल नम्बर ८४२७५४९१६९, ९५९२५५३१६९ र उनका दाजु नारायण धामीको मोवाईल नम्बर ९८४८६५२४५३ मा फोन गर्न सक्न परिवारले बताएका छन ।