यि हुन् सुदूरपश्चिमका लागि रास्वपाका सम्भावित उम्मेदवारहरू

Sayalb

३ माघ, डोटी
फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्रका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा ४७ जना सम्भावित उम्मेदवार देखिएका छन् ।
उम्मेदवारका आकाँक्षीहरुले अनलाईनमार्फत उम्मेदवारी दावी गर्न दिएको दिएको जानकारी अनुसार ४६ जनाले दावी पेश गरेका छन् । अनलाईन दावी अनुसार कञ्चनपुर निर्वाचन क्षेत्र–१, अछाम–१, डोटी, बैतडी र दार्चुला गरी पाँच निर्वाचन क्षेत्रमा एक÷एक जनाको मात्रै परेको छ । कञ्चनपुर–२ मा दिपक बोहरा, अछाम–१ ओमप्रकाश रावल, डोटीमा नरेन्द्र खड्का, बैतडीमा हरिमोहन भण्डारी र दार्चुलामा राजेश साउदले दावी गरेका छन् । अन्य ११ निर्वाचन क्षेत्रमा एक भन्दा बढी व्यक्तिको उम्मेदवारी परेको छ ।
रास्वपा स्रोतको अनुसार कैलाली–१ मा इन्जिनियर प्रकाश विष्ट, कोमल सुवेदी, सुरेश कर्ण, दिव्या चौधरी, सिद्धार्थ साउद र दिपेन्द्र चौधरी गरी ६ जनाले दावी गरेका छन् । कैलाली–२ मा पदमराज शर्मा, पदम चौलागाई, पवित्रा गिरी र केपी खनाल गरी चार जनाको दावी छ । महेशकुमार चौधरी, जगत जोशी र इन्दु चौधरीले कैलाली–३ का लागि आफ्नो दावी पेश गरेका छन् ।
कैलाली–४ मा खेमराज कोइराला, दिल्लीराज जोशी, मिनबहादुर बोहरा, शिवराज पन्त, हेमराज भट्ट र सत्यराज रावल गरी ६ जनाले आफ्नो दावी पेश गरेका छन् । कैलाली–५ मा भीम बहादुर बोहरा, जसुकुमारी भट्ट, हरि रेग्मी, ईश्वरी बिष्ट, पुष्कर अवस्थी, लक्ष्मण थारू र आनन्द बहादुर चन्दले उम्मेवारका लागि अनलाईन आवेदन दर्ता गरेका छन् ।
कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र–१ मा जनक धामी र नवराज रानाले दावी गरेका छन् । ज्ञानेन्द्र सिंह महता, उमेश पाण्डे, कृष्णदत्त जोशी र धिरज जोशीले कञ्चनपुर–३ का लागि आकाँक्षा राखेका छन् । डडेल्धुरा निर्वाचन क्षेत्रबाट सागर ढकाल, सुरेन्द्र अवस्थी र डा.तारा जोशीले दावी पेश गरेका छन् । बझाङका लागि मिनबहादुर सिंह, सत्यराज उपाध्याय र शैलेश सिंहले आफ्नो दावी राखेका छन् ।
अछाम–२ मा जीवन तिमिल्सिना र भूपदेव शाह, बाजुराका लागि राजबहादुर सिंह र हेमराज थापाले उम्मेदवारी दिएका छन् ।
उम्मेदवारी दावी गर्नेहरुमा मुल रास्वपाका नेता कार्यकर्ताहरु, बालेन पक्षका कार्यकर्ताहरु, रेशम चौधरी समूहको नागरिक उन्मुक्ती पार्टीका कार्यकर्ताहरु र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट समायोजन भएका नेताहरु समेत रहेको रास्वपा स्रोत वताउँछ ।

Shaileshwori
Loading...