निर्वाचन कार्यालय डोटीका प्रमुख पन्त सवार गाडी दुर्घटना, घाइतेको अवस्था सामान्य

माघ १७, डोटी । निर्वाचन कार्यालय डोटीका निर्वाचन अधिकृत सवार गाडी दुर्घटनामा परेको छ । शनिवार साँझ जिल्ला निर्वाचन कार्यालय डोटीको गाडी डोटी  र डडेल्धुराको सिमाना रडुवा नजिकै अनियन्त्रित भएर दुर्घटनामा परेको हो । बडीकेदार गाउँपालिकाका निर्वाचन मतदान केन्द्र अवलोकन गरी फर्किएको गाडी अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

Sayalb

निर्वाचन कार्यालयको बागमती प्रदेश ०१ ००२ झ ६४९५ नम्बरको गाडी दुर्घटना हुँदा गाडीमा सवार निर्वाचन कार्यालय डोटीका प्रमुख करुणाकर पन्त र चालक तेजबहादुर अधिकारी घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहे पनि सिटी स्क्यानको लागि डडेल्धुरा अस्पतालले धनगढी रिफर गरिएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीले दुर्घटना भएको बताएको छ । दुर्घटना डडेल्धुरा जिल्लाको क्षेत्रमा भएकाले पूर्ण जानकारी प्राप्त भई नसकेको जानकारी दिएको छ ।

Shaileshwori
Loading...