निर्वाचन कार्यालय डोटीको गाडी दुर्घटना अपडेट : पाँच जना घाइते, दुई जना धनगढी रिफर 

माघ १७, डोटी । निर्वाचन कार्यालय डोटीको गाडी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । डोटीको बडीकेदार गाउँपालिकाबाट सिलगढी आउँदै गरेको निर्वाचन कार्यालयको सरकारी गाडी शनिवार साँझ करिब साढे ७ बजेतिर दुर्घटना परेको हो ।
डडेल्धुरा प्रहरीले दिएको जानकारी अनुसार डडेल्धुराको अमरगढी नगरपालिका ११, धनुगाड रडुवा खोला नजिकै के.आई.सिंह राजमार्गमा बागमती प्रदेश ०१ ००२ झ ६४९५ नम्बरको गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा परी अजयमेरु गाउँपालिका–६ घर भई निर्वाचन कार्यालय डोटीका निर्वाचन अधिकृत ४२ वर्षीय करुणाकर पन्त, बर्दिया घर भई सशस्त्र प्रहरी बल ३६ नं. गण डोटीमा कार्यरत ४० वर्षीय सुमन चौधरी, तनहुँ भानु नगरपालि घर भई नेपाली सेना भैरवनाथ गण डोटीमा कार्यरत ३८ वर्षीय सूर्यबहादुर कोइराला, गन्यापधुरा गाउँपालिका–३ का ३० वर्षीय मीनबहादुर बोहरा र डोटीको दिपायल सिलगढी नगरपालिका–५ का ४० वर्षीय चालक तेजबहादुर अधिकारी रहेका छन् ।
Sayalb
घाइतेहरूको अवस्था सामान्य रहेको डडेल्धुरा प्रहरीले जनाएको छ । घाइतेहरूमा निर्वाचन अधिकृत पन्त र चालक अधिकारीलाई थप उपचारको लागि धनगढी पठाइएको र अन्य तीन जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
बडीकेदार गाउँपालिकाका निर्वाचन मतदान केन्द्रहरूको अवलोकन गरी सदरमुकाम फर्किरहेको समयमा गाडी अनियन्त्रित भई सडक छेउमा ठोक्किँदा दुर्घटनामा परेको बताइएको छ ।
Shaileshwori
Bolpatra
Loading...