
चैत १३, डोटी । डोटीमा खाना खाने क्रममा मासुको चोक्टा घाटीमा अड्किँदा एक जनाको ज्यान गएको छ । जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकामा मासु खाने क्रममा घाँटीमा चोक्टा अड्किँदा स्थानीय ५० वर्षीय काले नेपालीको मृत्युको भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक नवराज ढुङ्गेलका अनुसार शुक्रवार राति करिब ८ बजेतिर आफ्नै घरमा खाना खाने क्रममा नेपालीको अचानक घाँटीमा मासुको चोक्टा अड्किँदा बेहोस हुन पुगेका थिए । घटनापछि आफन्तले नेपालीलाई तत्काल उपचारका लागि राजपुरस्थित सुजङ अस्पताल पुर्याउँदा चिकित्सकले राति ११ः४५ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
