सेती कर्णाली अन्तर्राष्ट्रिय महासिर एङ्लिङ प्रतियोगिता सकियो 

चैत १६, डोटी । सेती कर्णाली अन्तर्राष्ट्रिय महासिर एङ्लिङ प्रतियोगिताको समय सकिएको छ । बोगटान फुड्सिल गाउँपालिका डोटीको आयोजना, पर्यटन बोर्ड र सुदूरपश्चिम  प्रदेश पर्यटन मन्त्रालयको प्रवर्द्धनमा चैत्र ९ गते अपराह्न  ४:०० देखि  सञ्चालन भएको प्रतियोगिता चैत्र १६ गते साँझ ९:०० बजेसम्म बाेगटान फुड्सिल गाउँपालिका क्षेत्रमा रहेको सेती र कर्णाली नदिमा सञ्चालन गरिएको थियो ।
नेदरल्यान्डका नागरिक  मेसल डेकरले १ मिटर १७ सेन्टिमिटर, सबै भन्दा कान्छा सहभागी  १८ वर्षका नाेहा डेकर १ मिटर १३ सेन्टिमिटर समातेका छन् । उनीहरू दूबै बाउछाेरा हुन् । अन्य प्रतियोगीहरूले पनि उत्कृष्ट प्रदर्शन गरेका छन् ।  प्रतियोगीहरू नदी क्षेत्रमा फरक फरक क्याम्पमा भएको कारण प्रतियोगिताको अन्तिम नतिजा पर्सि सार्वजनिक हुने कार्यक्रम संयोजक देवराज जोशीले जानकारी दिए ।
Sayalb
प्रतियोगितामा नेपाल सहित विभिन्न देशका २४ जना सहभागी रहेका छन् । नेपाल, भारत, बेलायत, नेदरल्यान्ड, मलेसिया, फिनल्यान्ड , जापान र थाइल्यान्डका नागरिकहरू खेलमा सहभागी रहेका छन् ।
Shaileshwori
Loading...