डोटीमा भरुवा बन्दुक पड्किँदा युवक गम्भीर घाइते

वैशाख ३०, डोटी । डोटीमा भरुवा बन्दुक अकस्मात् पड्किँदा एक युवक गम्भीर घाइते भएका छन् । जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर ४ वगर बस्तीका अन्दाजी २६ वर्षका करण बहादुर दर्लामी भरुवा बन्दुक अकस्मात् पड्किँदा घाइते भएको प्रहरीले जनाएको छ ।

Sayalb

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आज अपराह्न ४:१५ बजेको समयमा घरबाट पिनाकेश्वर सामुदायिक वनमा जानेक्रममा बाटोमै घटना घटेको हो । घाइते दर्लामीको दाहिने छातीमा बन्दुकको छर्रा लागि पिठ्युँ सम्म छेडिएको प्रहरीले बताएको छ । उनलाई उपचारका लागि धनगढी पठाइएको र अवस्था गम्भीर रहेको बताइएको छ ।

घटनापश्चात् प्रहरी सहायक निरीक्षक रमेश राम दमाईको कमान्डमा तीन जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ । घटनामा प्रयोग भएको भरुवा बन्दुक प्रहरीले आफ्नो नियन्त्रणमा लिइसकेको छ ।

Shaileshwori
Loading...