बझाङका अवस्थी राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार बाट सम्मानित

जेठ १६, बझाङ । बझाङको वित्थडचिर गाउँपालिका–८ निवासी अगुवा कृषक वसन्तराज अवस्थी ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’बाट सम्मानित भएका छन् । अवस्थीले तरकारी बिउ उत्पादनमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर स्वरूप सम्मानित भएका हुन् । उनले राष्ट्रपतिबाट नगद रु. दुई लाखसहित सम्मान पत्र ग्रहण गरेका हुन् ।

Sayalb

कृषि पढेपछि जागिर नै गर्नुपर्छ भन्ने भाष्यलाई गलत साबित गर्दै उनले आई.एस्सी.एजी. अध्ययन पूरा गरी व्यावसायिक कृषि व्यवसाय सञ्चालन गर्दै नमुना युवा कृषकको रूपमा कार्य गरिरहेका छन् ।  उनलाई व्यावसायिक कृषि कर्ममा लाग्न प्रेरित गर्ने बुवा श्री हरिदत्त अवस्थी (अखबार) पनि साबिक कृषि विकास कार्यालय बझाङ रहँदा वि.सं. २०७४ सालमा बझाङ जिल्ला स्तरीय ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ बाट सम्मानित भएका थिए ।

बुवाकै कृषि पेसाप्रति गौरव गर्दै जे.टी.ए. र आई.एस्सी.एजी. अध्ययन पूरा गरेका वसन्तराजले सुदूरपश्चिमको दुर्गम जिल्ला बझाङमै कृषि व्यवसाय सञ्चालन गर्दै गरिरहेका छन् ।

Shaileshwori
Loading...