बालबालिकाहरुले गरे बालबिवाह रोक्ने प्रतिवद्धता

Sayalb

२ साउन, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकाका बालबालिकाहरुले बालबिवाह रोक्ने प्रतिवद्धता गरेका छन् ।
नगरपालिकाभित्र बालबिवाहका घटनाहरु बढ्दै गएपछि बालबालिकाहरु आफैले उक्त प्रतिद्धता गरेका हुन् । शनिवार सम्पन्न भएको नगरपालिकास्तरीय बाल नेतृत्व विकास भेलामा सहभागी बालबालिकाहरुले आठ बुँदे प्रतिवद्धता पत्र जारी गरेका छन् । ‘हामी बालबिवाह गर्ने छैनौं र अरूलाई पनि बालबिवाह गर्न दिने छैनौं’, प्रतिवद्धता पत्रमा भनिएको छ ‘कसैले कतै बालबिवाह गरिरहेको जानकारी पाएमा हामी सम्वन्धित निकायलाई जानकारी दिनेछौं ।’
नगरपालिकाभित्र बालबिवाहका घटनाहरु बढ्न थालेपछि उक्त प्रतिवद्धता गर्नु परेको भेलामा सहभागी सर्मिला नेपाली वताउँछिन् । उनले भनिन् ‘उहिलेको जस्तो अभिभावकहरुले गराईदिने बालबिवाह त कम भएका छन् तर बालबालिकाहरु आफैले भागेर बिहे गर्ने क्रम बढेको छ, यसलाई रोक्न हामी बालबालिकाहरुनै सचेत हुनु जरुरी छ ।’
अव आफ्नो टोल छिमेकमा हुने बालबिवाहको बिषयमा सरोकारवालाहरुलाई जानकारी गराउने भेलाका अर्का सहभागी कृष्ण साउँद वताउँछन् । उनले भने ‘भरसक हामी आफै रोक्ने प्रयास गर्छौं, नभए सम्वन्धित निकायलाई खवर गर्छौं ।’
समान पहुँच विकास केन्द्र र वल्र्ड भिजन ईन्टरनेसनलले आयोजना गरेको भेलाबाट जारी प्रतिवद्धता पत्रमा बालअधिकारको बिषयमा अभिभावकहरुलाई सन्देश दिने, सामाजिक सञ्जालको सही प्रयोग गर्ने, बिचमै कक्षा नछोड्ने, लागु औषध तथा सुर्तिजन्य पदार्थबाट बच्ने बिषयहरु समावेश गरिएको दिपायल सिलगढी नगरपालिकास्तरीय बालक्लव सञ्जालका अध्यक्ष जानकी नेपालीले वताईन् ।
डोटी जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मणवहादुर सिंहले बालबालिकाहरु आफैले गरेका प्रतिवद्धता पुरा गर्नु पर्ने वताए । ‘प्रतिवद्धता गरेर मात्रै हुँदैन, त्यसको कार्यान्वयन महत्वपूर्ण बिषय हो’ सिंहले भने ‘आफै बालक्लवको पदाधिकारी हुने, आफै बालबिवाह गरेर भाग्ने जस्ता क्रियाकलापहरु रोकिनु पर्छ ।’ उनले धेरै प्रयासपछि अभिभावकले गराईदिने बालबिवाह रोकिएको तर बालबालिकाहरु स्वयंले भागेर बिवाह गर्दा चुनौती थपिएको वताए । उनी थप्छन् ‘बालबालिकाहरु आफैले प्रयास गरे बालबिवाह रोकिन्छ ।’ उनले बालबालिकाहरुलाई कुनै पनि प्रकारको कुलतमा नलाग्न समेत आग्रह गरे ।
बालबिवाह भएको, भईरहेको वा हुन सक्ने देखिएमा सूचना दिन डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले आग्रह गरिन् । ‘बालअधिकार हनन् सम्वन्धी जुनसुकै घटनाको बिषयमा तपाईहरुले सूचना दिनु प¥यो’ उनले भनिन् ‘समयमै सही सूचना पाएमा हामी बालबालिकाहरुमाथी हुने दुव्र्यवहार रोक्न सक्छौं ।’ उनले आफैले गरेको प्रतिवद्धतालाई राम्रोसंग कार्यान्वयन गर्न बालबालिकाहरुलाई आग्रह गरिन् ।
भेलामा प्रहरी उपरीक्षक सागर बोहरा, डोटी जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. अमित नेपाली, बाल सुधार गृहका प्रमुख सानुमाया लिम्बु लगायतले बालबालिकाहरुलाई उत्पे्रणमुलक प्रवचन दिएको आयोजक संस्था समान पहुँच विकास केन्द्रका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिए । उनका अनुसार भेलामा नगरपालिकाका नौवटै वडाका ६० जना बालबालिकाहरुको सहभागिता रहेको थियो ।

Shaileshwori
Loading...