Before Header
After Navigation

एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न

कमल बम/डोटी
बोगटान फुड्सिल गाँपालिकामा गाउपालिका स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता (वास) व्यवस्थापन पद्धति सम्बन्धि एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ ।आरभिडब्लुआरएमपी (RVWRMP) का फिल्ड संयोजक गिता जिसिले सञ्चालन गर्नु भएको कार्यक्रमको सहजिकरण आरभिडब्लुआरएमपी (RVWRMP) का जलस्रोत अधिकृत सुनिल बिश्वकर्माले गर्नुभएको थियो । बोगटान फुड्सिल गाँउपालिका अध्यक्ष कमल बहादुर गड्सिलाको अध्यक्षतामा बसेको गोष्ठीमा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर सुचिकार, सातै वडाका वडा अध्यक्ष, कार्यपलिका सदस्य शंकरमान सुनार, कल्पना बिक, प्रशासकीय अधिकृत भरत बहादुर चन्द लगाएत गाँउपालिकाका सबै शाखाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।

Sagan sahari bhawan nirman aayojana

गाँउपालिका स्तरमा भैरहेका सम्पुर्ण खानेपानी, च्याङ जुठ्यान, सरसफाइ दिगो रुपमा संचालन हुनु पर्ने सम्पुर्ण आम उपभोक्तहरुले पनि जिम्मेवारी भैई खानेपानीका सम्पुर्ण संरचनाहरुको व्यस्थित रूपले अगाडी बढाउनुपर्ने, गाउपालिका स्तरीय खानेपानी तथा सरसफाइ उपभोक्त संचालन  गर्दा योजना बलियो र दीर्घकालीन सम्म टिकाउ हुने हुदा आर्थिक समस्यालाई बलियो हुने गरि गाउपालिका स्तरीय खानेपानी तथा सरसफाइ योजना मर्मत सम्भार कोष स्थापना गर्नुपर्ने जलस्रोत अधिकृत सुनिल बिश्वकर्माले बताए ।

अहिले सम्पुर्ण कामकाज गाउपालिकामा हुने भएकाले कुनै पनि योजना बनाउदा दिगो सम्म संचालन हुनु पर्ने गाँउपालिका अध्यक्ष कमल गड्सिलाले बताउनु भयो ।

Shaileshwori
Loading...