डडेल्धुरा अस्पतालको प्रयोशालामा थप ९ जनामा कोरोना पुष्टि


डोटीे- डडेल्धुरा अस्पताल डडेल्धुराको प्रयोशालामा गरिएको परिक्षणमा शुक्रबार (आज) थप नौँ जनामा कोरोना देखिएको छ । गएको २४ घण्टामा एक सय ६२ नमुनाहरुको कोरोना परिक्षण गरिएकोमा नौँ जनामा कोरोना पुष्टि भएको अस्पतालका प्रयोगशाला ईन्चार्ज ईश्वरी प्रसाद भूषालले जानकारी दिनुभयो । प्रयोगशाला ईन्चार्ज भूषालका अनुसार डडेल्धुरा जिल्लाका ६ जना र दार्चुला जिल्लाको महाकाली नगरपालिका ३ जनामा कोरोना पुष्टि भएको छ ।

