बझाङमा जीप दुर्घटना, ४ जना घाइते

Sayalb

डोटी- बझाङ जिल्लाको सदरमुकाम चैनपुरबाट तल्कोट गाउँपालिकाका लागि हिडेको जीप जयपृथ्वी नगरपालिका–११ भोपुर आर्मी व्यारेक नजिक दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । घाईते हुनेमा जयपृथ्वी नगरपालिका–११ का २१ वर्षीय अग्निराज जोशी, मष्टा ४ का ४२ वर्षीय सवारी धनी शेरबहादुर थापा, सुर्माका २३ वर्षीय सवारी चालक सुयोग बोहरा र जयपृथ्वी नगरपालिका ११ का २० वर्षीय भरत जोशी रहेका छन् । घाईते मध्येका अग्निराज जोशीको अवस्था गम्भीर रहेकाले जहाजमार्फत उपचारका लागि धनगढी लगिएको बझाङ प्रहरीले बताएको छ । उनको टाउको र शरीरमा चोट लागेको छ । अन्य तिन जना घाइतेको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।

Shaileshwori
Loading...