कैलाली र कञ्चनपुरका ४७ जनामा कोरोना पुष्टि, धनगढीका मात्र ३६ जना

डोटी- शुक्रबार सेति प्रादेशिक अस्पताल धनगढीमा गरीएको परिक्षमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ सय ३७ जनाको कोरोना जाँच गरीएकोमा ४७ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

आज कोरोना पुष्टि भएका १३ महिला र ३४ जना पुरुष हुन् ।

Sayalb

श्रेष्ठका अनुसार कैलालीका ४३ जना र कञ्चनपुर जिल्लाका ४ जनामा संक्रमण पुष्टि भएको छ ।  जसमा धनगढी उपमहानगरपालिकाका मात्र ३६ जना रहेका छन् । गोदावरी नगरपालिकाका तिन जना, लम्कीचुहा नगरपालिकाका एक जना र कैलाली जिल्लाको पालिका नखुलेका तिन जनामा कोरोना देखेको छ ।

उता कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकाका एक जना र भिमदक्त नगरपालिकाका तिन जनामा पनि कोरोना पुष्टि भएको छ ।

Shaileshwori
Loading...