घुस दिन खोज्ने सामुदायिक वनका अध्यक्ष पक्राउ

कैलालीमा घुस दिन खोज्ने सामुदायिक वनका अध्यक्ष पक्राउ परेका छन् । सव डिभिजन वन कार्यालय तारानगर धनगढीका रेनजर रामअवतार चौधरीलाई घुस दिन खोज्ने धनगढी  ११ को सिताराम सामुदायिक वनका अध्यक्ष रामप्रसाद राना पक्राउ परेका हुन् । वनका अध्यक्ष रानालाई ८० हजार घुस रकम रहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका सूचना अधिकारी हरिश जोशीले बताए । रेनजर चौधरीले अवैध काठ बरामद गरेको मुद्दा कमजोर बनाइदिने भन्दै राना मार्फत घुस रकम माग गरेको अख्तियारले जनाएको छ । रेनजर चौधरी फरार भएको र  खोजी भईरहेको सूचना अधिकारी जोशीले बताए ।

Sayalb
Shaileshwori
Loading...