दिपायल–बोगटान सडक कालोपत्रेको काम सुरु (फोटो फिचर)

दिपायल–बोगटान सडक कालोपत्रेको काम सुरु भएको छ । लामो समयको प्रतिक्षा पछि सहजपुर–बोगटान सडक अन्तरगत (राजपुर–रानागाउँ) कालोपत्रे काम भएको पुर्बाधार बिकास कार्यालय डडेल्धुराका प्रमुख रामचन्द्र खत्रीले जानकारी दिए ।
अहिले पहिलो चरण अन्तरगत ९.५ किलोमिटर (राजपुर सभाहल देखी ब्वाराको पिपल भन्दा माथी) सम्म अहिले कालोपत्रे हुने प्रमुख खत्रीले जानकारी दिए ।
बहु प्रतिक्षित बोगटान सडक कालोपत्रे हुन थाल्नु बोगटान क्षेत्रका लागी खुसीको कुरा भएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए । अध्यक्ष खड्सिलाले भने ‘यस बर्ष बोगटान सडक सहजपुरबाट आउने सकडसंग पनि जोडिन्छ, अहिले कालोपत्रेको काम सुरु भएको छ हामी सबैका लागी खुसीको कुरा हो ।’
लामो मेहनत र प्रयासपछी सडक कालोपत्रे हुन लागेकाले गुणस्तरमा ध्यान दिन प्रतिनिधी सभा सदस्य प्रेमबहादुर आलेमगरले बताए । आलेले भने ‘मैले सडक कालोपत्रे हुन्छ भन्दा केहीले अनेकौँ टिप्पणी गर्थेहरु थिए आज कालोपत्रे हुँदैछ त्यसैले अब गुणस्तरमा ध्यान दिनु होस ।’

Sayalb

Shaileshwori
Loading...