८८ जनामा कोरोना पुष्टि, कैलालीका मात्र ७३ जना

Sayalb

डोटी : सोमबार सेति प्रादेशिक अस्पताल धनगढीमा गरीएको परिक्षमा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ सय ६१ जनाको कोरोना जाँच गरीएकोमा ८८ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
कोरोना पुष्टि भएका ३१ महिला र ५७ जना पुरुष हुन् ।
सुचना अधिकारी श्रेष्ठका अनुसार कैलालीका ७३ जना र कञ्चनपुर जिल्लाका ११ जना, डोटीका ३ जना र बैतडीका एक जनामा संक्रमण पुष्टि भएको छ । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाका मात्र ३६ जना रहेका छन् । त्यस्तै टिकापुर नगरपालिकाका २५ जना, गोदावरी नगरपालिकाका पाँच जना, गौरीगंगा नगरपालिकाका एक जना, मोहन्याल गाँउपालिकाका दुई जना र पालिका नखुलेका ४ जना जनामा कोरोना देखिएको छ ।
उता कञ्चनपुर जिल्लाको भिमदक्त नगरपालिकाका साँत जना, कृष्णपुर नगरपमलिकाका दुई जना शुक्लाफांटा नगरपालिकाका एक जना, कञ्चनपुर जिल्लाकै पालिका नखुलेका एक जना, डोटी जिल्लाको बडीकेदार गाँउपालिकाका तिन जना र बैतडीको दशरथदन्द नगरपमलिकाका एक जनामा पनि कोरोना पुष्टि भएको छ ।

Shaileshwori
Loading...