प्रहरी पोष्ट स्थापना भएपछि कलेनाका महिलाहरु खुशी

रामहरि ओझा / कात्तिक ४, डोटी
डोटी दिपायल सिलगढी नगरपालिका–९ किकलावती साउँदनिकै खुशी देखिईन् । गाउँमाहुने झै–झगडाले आफुलाई असुरक्षित महसुस गर्दै आएकीकलावतीगाउँमै प्रहरी बस्ने भएपछि अव सुरक्षितहुने आश गर्छिन् ।
“जाँड रक्सी खाने, झगडा हुने गर्दा गाउँका महिलाहरु निर्धक्क भएर काम गर्न सक्ने अवस्था पनि हुन्थेन ’कलावती भन्छिन् ‘पुरुषहरुले जाँँड खाएर श्रीमती, छोराछोरी कुट्ने गाउँमाहल्लागर्दै हिड्ने गर्थे, त्यसैले हामीमहिलाहरु असुरक्षित छौं ।’ अवप्रहरी चौकी स्थापना भएपछि त्यस्ता घटनाहरु कमहुने उनको बिश्वास छ ।
कलेनाकीतारा साउँद पनि अवगाउँमाहो–हल्लान हुनेमा आशाबादी छिन् । उनी भन्छिन् ‘सधैं जाँड खाएर झगडा गर्ने अनि जिल्ला प्रहरी कार्यालय जाने भएका कारण दुध बेचेर रक्सी खानेहरुको गाउँभनेर भन्छन् हाम्रो गाउलाई ।’ दिनहुँ झगडा हुने भएका कारण महिला र बालबालिकाहरु असुरक्षित रहेको उनी बताउँछिन् । गाउँको अवस्था सम्झिँदै उनी भन्छिन् ‘घरमा श्रीमती र छोराछोरी बिरामी हुन्छन्, भोकै हुन्छन् तर श्रीमान् भने रक्सी खाएर आएर अनिश्रीमती छोरोछोरीलाई कुट्छन् ।’

Sayalb

कलेनाबासीहौं भन्न पनि लाज लाग्ने अवस्था भएको तारा वताउँछिन् । अव केही भयो भने प्रहरी छ भन्ने आँट भएको उनले थपिन् । “प्रहरीले ईमानदारीताका साथ आफ्नो कर्तव्य पुरा गरि दिनु पर्छ, गलतगर्ने जो कोहीलाई पनिकारवाही हुनु पर्छ’ तारा भन्छिन् ‘यदि प्रहरीले ईमानदारीताका साथ कामग¥यो भने हामी प्रहरीलाई जस्तोसुकै अवस्थामापनि सहयोग गर्न तयार छौं ।’
स्थानीय लक्ष्मी नेपालीको अनुहारमा पनि आशाको लहर देखिएको छ । ‘कहिलेकाँही त यो बस्न लायकको ठाउँ पनि होईन भन्ने लाग्थ्यो’ लक्ष्मी भन्छिन् ‘रक्सी खाने, जुवातास खेल्ने, महिला तथा वालबालिकाहरुलाई कुटपिट गर्ने जस्ता घटनाले हामीलाई सधैं असुरक्षित वनाई रह्यो ।’ रक्सीकै मातमा बलात्कारका घटनाहरु समेत गाउँमाभएको उनी सम्झिन्छिन्, भन्छिन् ‘ति कुराहरु सम्झिदाँ घरभित्रै बस्न पनि डर लागेर आउँछ ।’
स–सानो कुरामानिहुँखोज्ने, अनिजातीय छुवाछुत, महिला हिंसा, बलात्कार जस्ता घटना हुने गरेको उनी वताउँछिन् । ‘अव प्रहरी चौकी स्थापनाभएको छ, सायद त्यस्ता घटना नहोलान्’ अझै पूर्ण बिश्वास नभएको भावमालक्ष्मी भन्छिन् ‘प्रहरीको बर्दी देखेपछि डर मान्छन् भन्ने आशहो, अव उहाँहरुले कसरी कामगर्नु हुन्छ, त्यसैमा भर पर्छ ।’
गाउँमा सधैं तनाव हुन थाले पछि स्थानीयमहिलाहरुले पटक पटकप्रहरी चौकीका लागि नगरपालिका, जिल्लाप्रशासनकार्यालय र जिल्लाप्रहरी कार्यालय धाए । जिल्ला सदरमुकामबाट नजिकै रहेको, जिल्लामा जनशक्ति कम भएको कारण देखाउँदै कलेनाबासीलाई पटक पटक फर्काईयो । तर, जव दिनहुँ जस्ता घटनाहरु आउनथाले, प्रहरी चौकी स्थापनागर्नै पर्ने भयो । ‘हामी दिदि वहिनीहरु नगरपालिकामा गएर रोयौं करायौं’ तारा भन्छिन् ‘महिला मेयर भएका कारण हाम्रा पीडा बुझिदिनु भयो र उहाँले पहलगरिदिनु भयो ।’

चौकी स्थापना भएपछि महिलामात्रै होईन्, पुरुषहरु पनिखुशीभएको छन् । ७० बर्षीय पुने साउँद भन्छन् ‘रक्सी खाएर दादागिरी गर्नेहरु अवप्रहरीको डर मान्छन् किभन्ने लाग्छ ।’ बुढापाकाहरुले हो–हल्लाकाकारण शान्तिसंग आरामगर्न पनिनपाउने अवस्था रहेको उनी बताउँछन् । ‘प्रहरीले निश्पक्ष भएर काम गरि दिनु पर्छ’ पुने भन्छन् ‘कोही सानो होस् कि ठुलो होस्, अन्यायजसको छ उसलाई कारवाही गर्नु प¥यो ।’
यस्तै भनाई छ, ५५ बर्षीय गोरख साउँदको पनि । उनले भने ‘प्रहरी चौकीआएर मात्रै हुँदैन, प्रहरीले सक्रियता देखाउनु पर्छ ।’ प्रहरीले मात्रै सवै कुरा गर्न त नसक्ने तर प्रहरीले ईमानदार भई दिएआफुहरु पनि साथदिने उनको भनाई छ ।
शनिवार स्थापना गरिएको अस्थायी प्रहरी पोष्टको उदघाटन गर्दै दिपायल सिलगढी नगर–पालिका प्रमुख मन्जु मलासीले यस क्षेत्रको शान्ति सुरक्षाकायम गर्नमा प्रहरी पोष्ट सफलहुने बिश्वास व्यक्त गरिन् । ‘स्थानीय बासीको पटक-पटकको आग्रहपछि हामीले धेरै प्रयास गरेर अस्थायी पोष्ट स्थापनागर्न सकेका छौं’ मलासीले भनिन् ‘प्रहरीले पनिनिश्पक्षभएर सक्रियतापूर्वक कामगरिदिनु पर्छ र स्थानीयले पनि प्रहरीलाई सहयोग गर्नु पर्छ ।
अस्थायी प्रहरी पोष्टमा खटिएका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै जिल्लाप्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक जनकराज पाण्डेयले भने ‘कुनै सिकायत नआउने गरि आफ्नो क्षेत्रको शान्ति सुरक्षाका लागि क्रियासिल रहनु ।’
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराईले हाललाई अस्थायी पोष्ट स्थापनाभएको र बिस्तारै प्रहरी चौकी स्थापनाकालागिपहलगरिने वताए ।
अस्थायी प्रहरी पोष्टमा प्रहरी सहायकनिरीक्षकको नेतृत्वमा ६जनाप्रहरी कर्मचारी रहेका छन् ।

 

Shaileshwori
Loading...