४८ जनामा कोरोना पुष्टि

Sagan sahari bhawan nirman aayojana

डोटी : मंगलबार सेति प्रादेशिक अस्पताल धनगढीमा गरीएको परिक्षमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ सय ८४ जनाको कोरोना जाँच गरीएकोमा ४८ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
कोरोना पुष्टि भएका १२ महिला र ३६ जना पुरुष हुन् ।
सुचना अधिकारी श्रेष्ठका अनुसार कैलालीका ३१ जना, कञ्चनपुर जिल्लाका १५ जना, दार्चुला र डडेल्धुरा जिल्लाका एकएक जनामा संक्रमण पुष्टि भएको छ । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाका १९ जना, जानकी गाँउपालिकाका ४ जना, टिकापुर र गोदावरी नगरपालिकाका ३/३ जना, लम्कीचुहा र भजनी नगरपालिका एक/एक जना जनामा कोरोना देखिएको छ ।
उता कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकाका ६ जना, भिमदक्त नगरपालिका र लालझाडी गाँउपालिकाका तिन/तिन जना, बेलौरी नगरपालिका, कृष्णपुर नगरपालिका र शुक्लाफांटा नगरपालिकाका एक/एक जना, डडेल्धुराको अमरगढी नगरपालिकाका र दार्चुलाको दुहुँ गाँउपालिकाका एक/एक जनामा पनि कोरोना पुष्टि भएको छ ।

Shaileshwori
Loading...