सेति प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ५१ जनामा कोरोना पुष्टि

डोटी : शनिबार सेति प्रादेशिक अस्पताल धनगढीमा गरीएको परिक्षमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ सय ६३ जनाको कोरोना जाँच गरीएकोमा ५१ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

कोरोना पुष्टि भएका १५ महिला र ३६ जना पुरुष हुन् ।

Sayalb

सुचना अधिकारी श्रेष्ठका अनुसार कैलालीका ४४ जना र कञ्चनपुर जिल्लाका ७ जनामा संक्रमण पुष्टि भएको छ । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ३५ जना, गोदावरी नगरपालिका र गौरिगंगा नगरपालिकाका तिन/तिन जना,  टिकापुर नगरपालिकाका दुई जना र कैलारी गाँउपालिकाका एक जनामा कोरोना देखिएको छ ।

त्यस्तै कञ्चनपुर जिल्लाको भिमदक्त नगरपालिकाका चार जना र पुनर्वास नगरपालिकाका तिन जनामा पनि कोरोना पुष्टि भएको छ ।

Shaileshwori
Loading...