इलामका एक वृद्धको पोखरीमा डुबेर ज्यान गयो

bhukampa

पोखरीमा डुबेर एक जनाको ज्यान गएको छ । इलाम जिल्लाको देउमाई नगरपालिका–३ सुर्केका ७९ वर्षीय खम्बसिंह खत्रीको घरनजिकै सिँचाइका लागि निर्माण गरिएको करिब तीन फिट गहिरो पोखरीमा डुबेर मृत्यु भएको हो । आईतबार राति घरबाट निस्केका खत्री सोमबार बिहान पोखरीमा डुबेको अवस्थामा मृत फेला परेको वडाध्यक्ष दावा तामाङले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Shaileshwori
Loading...