बेङ्ग्लोरलाई हराउँदै दिल्ली प्लेअफमा, बेङ्ग्लोर पनि प्लेअफमा सुरक्षित

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबार सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई हराउँदै दिल्ली क्यापिटल्स प्लेअफमा पुगेको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको बैंगलोरले पूरा ओभर खेल्दै ७ विकेटको क्षतिमा १५२ रन बनायो। १५३ रनको लक्ष्यका साथ मैदान पसेको दिल्लीले १९ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्याे । दिल्लीको जितका लागि अजिंक्य रहाणेले सर्वाधिक ६० रन बनाए। त्यस्तै शिखर धवनले ५४ रनको अर्धसतकिय पारी खेलका थिय ।

उता बेङ्ग्लोरका लागि साहबज अहमेदले २ विकेट लिँदा वासिङ्टन सुन्दर र मोहम्मद सिराजले समान १र१ विकेट लिए।
जितसँगै दिल्ली दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको छ, भने रनरेटमा कोलकतालाई पछि पारेको बेङ्ग्लोर पनि प्लेअफमा पुगेको छ। यद्यपि बेङ्ग्लोर तेस्रो या चौथो बनेर प्लेअफमा जाने भन्ने निक्र्योल भने भोलीको खेलले गर्नेछ।

Sayalb

प्लेअफमा पुग्ने चौथो टिमको टुंगो भने भोली हुने हैदराबाद र मुम्बइबीचको खेलले निर्धारण गर्ने छ। उक्त खेलमा हैदराबादले जितेमा कोलकतासँग रनरेटको आधारमा एउटा टिम क्वालिफाइ हुनेछ भने हैदराबाद पराजित भएमा कोलकताले प्लेअफको यात्रा तय गर्नेछ।
मंगलबारको लिग चरणको अन्तिम खेलमा मुम्बईले सनराइजर्स हैदराबादसँग खेल्दैछ।

यदि हैदराबादले जित निकालेकामा ऊ प्लेअफमा जनेछ। त्यसो नभएर मुम्बईसँग पराजय बेहोरेमा कोलकाता नाइट राइडर्स चौथो स्थानमा रहँदै प्लेअफमा पुग्नेछ।

अहिलेका अंकतालिका

अहिले अंकतालिकामा १८ अंकका साथ मुम्बई शीर्षस्थानमा छ भने दिल्ली १६ अंकका साथ दोस्रो स्थानमा छ। त्यस्तै १४ अंक बनाएको बैंगलोर तेस्रो स्थानमा छ। समान १४ अंक बनाएको कोलकाता नाइट राइडर्स नेट रन रेटले पछि पर्दै चौथो स्थानमा छ। समान १२ अंक बनाएको हैदराबाद, पञ्जाब, चेन्नई र राजस्थान क्रमशः पाँचौंदेखि आठौं स्थानमा छन्। हैदराबाद बाहेक अन्य टिमले आईपीएलको यात्रा पूरा गरेका छन्।

Shaileshwori
Bolpatra
Loading...