गजल

           गजल

खुसी ले  गद  गद  भएका छन् पाउने मान्छे
एक म  हु  अर्को  मदन  हुन  गुमाउने  मान्छे

मुटु  भित्रको  आलो  घाउ  दुख्नेलाई थाहा छ
तिमिलाई के था तस्बिर हेरेर अघाउने मान्छे

Sayalb

सायद मेरो भाग्यमा मात्रै लेखेको हुनुपर्छ ईश्वर
यो मनमा चोट दिने यो शरिरलाई दुखाउने मान्छे

मेरो दायाँ हातको औठी प्रियाको उपहार हो
जतन गरेर राखि दिनु मलाई जलाउने मान्छे

यो खबर आमालाई नसुनाई दिनु होला बिन्ती
अक्सर महेन्द्र का  मलामी बनी  आउने मान्छे

नाम :- महेन्द्र क्षेत्री स्पन्दन, डोटी

Shaileshwori
Loading...