मुम्बई इन्डियन्सलाइ हराउदै प्लेअफमा सनराइजर्स हैदरावाद

यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा सनराइजर्स हैदरावाद प्रवेश गरेको छ । मंगलबार भएको खेलमा हैदरावादले मुम्बई इन्डियन्सलाई १० विकेटले पराजित गर्दै प्लेअफमा प्रवेश गरेको हो ।

सारजहाँ क्रिकेट स्टेडियमा मुम्बईले जितका लागि दिएको १५० रनको विजयी लक्ष्य हैदरावादले १७ ओभर १ बलमा विना विकेटको क्षतिमा १५१ रन बनाएको हो । हैदरावादका लागि हैदरावादका डेविड वार्नर र विर्दिमन शाहले अर्धशतकीय पारी खेले । ५८ बल खेलेका वार्नरले १० चौका र १ छक्काको सहयोगमा ८५ रन बनाउन सफल भए ।
मुम्बईका लागि किरन पोलार्डले सर्वाधिक ४१ रनको योगदान गरे । त्यस्तै सुर्यकुमार यादवले ३६ रन बनाउँदा इशन किशनले ३३ र क्विन्टन डीककले २५ रनको योगदान गरे । बलिङतर्फ हैदरावादका लागि सन्दीप शर्माले सर्वाधिक तीन विकेट लिए । त्यस्तै जेसन होल्डर र शाहजब नदिमले समान दुई–दुई विकेट लिँदा राशिद खानले एक विकेट लिए । त्यस्तै ४५ बल खेलेका शाहले ७ चौका र १ छक्काको सहयोगमा ५८ रनको योगदान गरे । बलिङतर्फ मुम्बईका लागि कुनै पनि खेलाडीले विकेट लिन सकेनन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धाति २० ओरमा ८ विकेट गुमाउँदै १४९ रन बनाएको थियो ।
पराजित मुम्बईले भने लिग चरणमा १८ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । मुम्बई यसअघि नै क्वालिफायर्समा प्रवेश गरिसकेको छ । हैदरावादले १४ खेलबाट १४ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । हैदरावादले अव रोयल्स च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गर्ने छ ।
