गजल

सहिदले आफु नबले सम्म,मशाल बालेको हो।। शासक हैन शासन बदल्न हतियार उचालेको हो ।।

गजल

सहिदले आफु नबले सम्म,मशाल बालेको हो।।
शासक हैन शासन बदल्न हतियार उचालेको हो ।।

गणतन्त्रमा पनि सयौ राजा जन्मेलान भन्ने के थाहा
फाल्न त एक राजा मात्रै फाल्न राजतन्त्र फालेको हो।।

Sayalb

निर्वाचनमा भाग लिनु अघि यत्ति कुरा बुझ्नु होस ।
देशले मालिक हैँन चौकीदार छान्न थालेको हो।।

न त नेपाल आमा सुरक्षित छन् न त बाल बचेराहरू
मेरो देशको सुरक्षाकर्मी कस्को लागी पालेको हो ।

हटाईदिनुस् कसैको सिद्धान्त शोभनका मकुन्डी,
राम्ररी चिन्छन् दुनियाँले गोरे को होरु काले को हो

बिजय आउजी
डोटी हाल कुवेत

Shaileshwori
Bolpatra
Loading...