दिल्लीमाथि सानदार जित निकाल्दै मुम्बई आईपीएलको फाइनलमा

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी पहिलो क्वालिफायर्समा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको छ। डिफेन्डिङ च्याम्पियन्स मुम्बईले बिहीबार एकतर्फी क्वालिफायर्स १ मा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गरेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०० रन बनाएको थियोे ।
मुम्बईका लागि इसान किसनले अभिजित रहँदै सर्वाधिक ५५ रन बनाउँदा सूर्यकुमार यादवले ५१ रन बनाए। त्यस्तै क्विन्टन डि ककले ४० तथा आक्रामक ब्याटिङ गरेका हार्दिक पाण्ड्याले १४ बलमा ३७ रन बनाए।

जवाफी ब्याटिङमा उत्रिएको दिल्ली निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रनमा सीमित भयो। दिल्लीको ब्याटिङ लाइन सुरुबाटै धर्मराएको थियो। सुरुवाती ब्याट्सम्यान पृथ्वी श, शिखर धवन र अजिन्क्य रहाणे शुन्य रनमै आउट हुँदा दिल्ली सुरुमै दबावमा आएको थियो। दिल्लीको खराब ब्याटिङलाई मार्कस स्टोइनिस र अक्षर पटेलले सम्हालेका थिए। स्टोइनिसले सर्वाधिक ६५ रन बनाउँदा पटेलले ४२ रन बनाए। त्यस्तै कागिसो रबाडा १५ रनमा अभिजित रहे।

 

दिल्लीलाई सस्तैमा समेटन मुम्बईका जसप्रित बुमराहले सर्वाधिक ४ विकेट लिँदा ट्रेन्ट बोल्टले २ विकेट तथा क्रुनाल पाण्ड्या र किइरोन पोलार्डले समान १र१ विकेट लिए।

Sayalb

दिल्लीको अर्को बाटो फाइनलमा पुग्ने सम्भावना कायमै छ । शुक्रबार रोयल च्यालेन्जर्स बेङ्लोर र सनराइजर्स हैदराबाद बीच इलिमिनेटरको विजेताले दिल्लीसँग आइतबार क्वालिफायर्स २ मा खेल्ने छ । क्वालिफायर्स(२ को विजेताले मुम्बईसँग मंगलबार फाइनल खेल्ने छ । मुम्बईले गत वर्ष चेन्नई सुपर किंग्सलाई पराजित गरी उपाधि जितेको थियो । दिल्लीले खाता खोल्नु अघि नै पृथ्वी श, शिखर धवन र अजिन्का राहनेलाई गुमाइसकेको थियो । अन्तमा २० ओभर खेलि ८ विकेट गुमाई १ सय ४३ रन बनाउनु दिल्लीलाई सान्त्वना मात्र बन्यो ।

ट्रेन्ट बोल्टले पहिलो ओभरमै श र धवनलाई आउट गरी डबल मेडन विकेट ओभर फालेका थिए । अर्को ओभरमा जस्प्रित बुमराहले राहनेलाई एलबीडब्लु आउट गर्दा दिल्लीको ३ विकेट गुम्दा कुनै रन थिएन । कप्तान श्रेयस ऐर १२ र ऋषभ पन्त पनि ३ रनमा आउट भए । मार्कुस स्टोइनिस र अक्षर पटेलले छैटौं विकेटमा ८१ रन जोडेपछि दिल्लीको स्कोर हेर्न लायक बनेको थियो ।

बुमराहको बलमा बोल्ड हुनु पूर्व स्टोइनिसले ४६ बलमा ६ चौका र ३ छक्काको मद्दतले ६५ रन बनाए । पटेलले ३३ बल खेली २ चौका र ३ छक्कासहित ४२ रन जोडी खेलको दोस्रो अन्तिम बलमा आउट भए । म्यान अफ द म्याच बुमराहले ४ ओभरमा १ मेडन राख्दै १४ रन खर्चेर ४ विकेट लिए । बोल्टले २ ओभरमा १ मेडन राख्दै ९ रन खर्चेर २ तथा क्रुनाल पाण्ड्या र किइरन पोलार्डले १र१ विकेट लिए ।

 

जितसँगै मुम्बइले १० नोभेम्बरमा हुने आईपीएल फाइनलमा स्थान बनाएको छ। त्यस्तै पराजयको बावजुत दिल्लीले पनि फाइनलमा पुग्नका लागि इलिमिनेटरको विजेता टोलीसँग अर्को क्वालिफायर्स खेल्ने मौका पाउने छ। दिल्लीले अर्को खेलमा सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेङ्ग्लोरबीचको विजेतासँग खेल्ने छ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सम्पन्न पहिलो क्वालिफायर्सको खेलमा मुम्बईले दिल्लीमाथि ५७ रनको जित निकालेको हो।

Shaileshwori
Loading...