गजल
गजल
निदाउन खोज्दा सपना आउँछ भन्ने डर ।
सपनाले मलाई पागल बनाउँछ भन्ने डर ।
हरेक दिन सपनामा आउने राजकुमारले
बिपनीमा पनि आएर सताउँछ भन्ने डर ।
अतीत सम्झी मैले सपनामा बोल्दा पनि
दुईचार दिनमै मोहनी लगाउँछ भन्ने डर ।
उसको त्यो मन लोभ्याउने बानी देख्दा
सपनामै सपनाका महल सजाउँछ भन्ने डर ।
तन,मन दिउँला,जुनीभर साथ दिउँला भन्थे
तर अपसोच अर्कैलाई मन पराउँछ भन्ने डर ।
लेखक : रचिता दाहाल
ठेगाना : रामेछाप