आइपिएल :- आरसीबी बाहिरियो हैदराबाद क्वालिफायरमा प्रवेश,

डोटी । सनराइजर्स हैदरावाद यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरको छ । शुक्रबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले हराउँदै हैदरावाद क्वालिफायर्समा प्रवेश गरको हो ।

शेख जायद क्रिकेट स्टेडियममा बैंगलोरले जितका लागि दिएको लक्ष्य हैदरावादले १९ ओभर ४ बलमा चार विकेट गुमाउँदै १३२ रन बनाउन सफल भयो । हैदरावादका लागि केन विलियमसनले अर्धशतकीय पारी खेले । ४४ बल खेलेका विलियमसनले २ चौका र २ छक्काको सहयोगमा ५० रनको योगदान गरे ।

Sayalb

त्यस्तै मनिस पाण्डे र जेसन होल्डरले समान २४–२४ रनको योगदान गरे । बलिङतर्फ बैंगलोरका लागि मोहमद सिराजले दुई विकेट लिए । त्यस्तै अदम जाम्पा र युजेभेन्द्र चहालले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरको बैंगलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३१ रन बनाएको थियो । बैंगलोरका लागि एबी डिभिलियर्सले अर्धशतकीय पारी खेले ।

योजितसँगै हैदराबादले दोस्रो क्वालिफायरका लागि दिल्लीसँगको भेट पक्का गरेको छ । उसले अब आइतबार दिल्ली क्यापिटल्सँग खेल्नेछ । पहिलो क्वालिफायरमा दिल्लीलाई पराजित गर्दै मुम्बई इन्डियन्स भने फाइनल प्रवेश गरिसकेको छ । यो पराजयसँगै आरसीबी प्रतियोगिताबाट घर फर्किएको छ ।

Shaileshwori
Loading...