दिनेश धामिका ५ मुक्तक

१ मुक्तक
चामल दाल धुलो के को माग राख्छ?
त्यति ठूलो ठूलो के को माग राख्छ?
अनसन  नबसेको  कुनै  साँझ छैन,
झुपडिको चुलो के को माग राख्छ?

२ मुक्तक
कसैको मन दुखाउने काम नगर्नु,अझै पनि
मर्नै परे सत्यको पक्ष लिएर मर्नु, अझै पनि
मन्दिर भित्रै लुटियो मेरी बहिनीको इज्जत
बाूभन्नुहुन्छ भगवानको भर पर्नु,अझै पनि।
३ मुक्तक

bhukampa

बढ्दै जाने छ चिनजान, मलाई थाहा थियो
भेट्नेछौ म भन्दा धनवान,मलाई थाहा थियो
यसकारण तिम्रो बन्ने सपना कहिल्यै देखिनँ
आफ्नो स्तर,तिम्रो उडान,मलाई थाहा थियो।
४ मुक्तक
तिम्रो खुट्टा तान्ने रित छ,मैलेँ बुझेको छु
त्यसरी नै जीवन बित्छ,मैलेँ बुझेको छु
यसकारण मुर्ख सँग संवाद गर्दिन म
मौनता मै मेरो जित छ,मैलेँ बुझेको छु।
५ मुक्तक

जानी जानी गरिएछ भुल,बल्ल थाहा पाएँ
आफ्नै मुटु भयो प्रतिकुल,बल्ल थाहा पाएँ
कुनैदिन यो मन मन्दिरको देउता सम्झिएर
ढुङ्गामा चढाको रैुछु फूल,बल्ल थाहा पाएँ।

दिनेश धामी
बझाङ

 

Shaileshwori
Loading...