बेच्नु पर्छ कि भएको खेतबारी चिन्ता लाग्दैछ

मुक्तक

१ मुक्तक

बेच्नु पर्छ कि भएको खेतबारी चिन्ता लाग्दैछ
जान्छकी घर न घाटको पारी चिन्ता लाग्दैछ
निस्स्वार्थ मनले सेवा गर्छु भनी निस्कियो भाई
कतै बन्ने पो हो की भ्रष्टाचारी चिन्ता लाग्दैछ

२ मुक्तक

रुदै कराउदै मेरै नजिक आएको हेर्न मन छ
जिन्दगीमै ठुलो हन्डर खाएको हेर्न मन छ
जसले हिजो मलाई धोका दिएर गयो नी
त्यही मान्छेलेनै धोका पाएको हेर्न मन छ

३ मुक्तक

अन्जानमा होइन जानीजानी टाढिन सक्छौ
मेरो कत्ति पनि झर्को नमानी टाढिन सक्छौ
जबरजस्ती छैन यो दिलमा नै बस भनेर
मन नपरे मेरो आनीबानी टाढिन सक्छौ

Sayalb

४ मुक्तक

अन्जान होइन जानाजान फुटाईदिए हुन्छ
राखेर नि हुदैन ठुलो सान फुटाईदिए हुन्छ
आफैले सुनेदेखेको सत्यतथ्य भन्न नसके
तपाईका ति आँखा कान ,फुटाईदिए हुन्छ

५ मुक्तक

कमजोरी ढाक्छन छेक्छन अचम्म लाग्छ
यहाँ यस्तो गर्ने अनेकछन अचम्म लाग्छ
आफ्नो शरीरमा भैसी उक्लेको नदेख्नेले
अरुको शरीरमा जुम्रा देख्छन अचम्म लाग्छ

अमर बि.क

शिखर न•पा•१ कपल्लेकी डोटी

Shaileshwori
Bolpatra
Loading...