समाजमा इज्जत लुटियो दाइजोको निहुँमा

मुक्तक

मुक्तक

समाजमा इज्जत लुटियो दाइजोको निहुँमा।।
पिडामा पिडा थपेर दियो दाइजोको निहुँमा।।
विवाह भएको एक वर्ष भित्र मेरि बहिनीलाई।।
जिउँदै जलाईएको थियो दाइजोको निहुँमा।।

मुक्तक
यो दिल लुटिएको हो अपरिचित बाट।।
घरबार बनाउने अपेक्षा थियो प्रित बाट।।
मैले मृत्यु त्यसकारण रोज्नु परेको हो।।
उनी खुसी हुन, चाहान्थिन् जित बाट।।

मुक्तक

Sayalb

उसको कुरा सुनेर मलाई खास लाग्दैन
खैइ किन हो कसै को पनि आस लाग्दै
हिजो गर्दन काट्छु भन्दै हिड्ने मान्छेले
आज मूटु दिन्छु भन्दा विश्वास लाग्दैन

मुक्तक
सताउँछन तिम्रै यादहरुले अक्सर नसोध
पागल हुन्छु तिम्रै पीरले सकभर नसोध
अचानोको पीडा खुकुरीलाई थाहा हुन्न,
प्रिया म दुखिको हरेकदिन खबर नसोध

मुक्तक
यहाँ सडकको बास भयो प्यार गरेर।।
धनसम्पत्ति सत्यानास भयो प्यार गरेर।।
जिन्दगीमा प्रगति केही गर्न सकिएन।।
मन मसाल तन लास भयो प्यार गरेर।।

सन्तोष चिराल, डोटी

Shaileshwori
Bolpatra
Loading...