समाजमा इज्जत लुटियो दाइजोको निहुँमा
मुक्तक

मुक्तक
समाजमा इज्जत लुटियो दाइजोको निहुँमा।।
पिडामा पिडा थपेर दियो दाइजोको निहुँमा।।
विवाह भएको एक वर्ष भित्र मेरि बहिनीलाई।।
जिउँदै जलाईएको थियो दाइजोको निहुँमा।।
मुक्तक
यो दिल लुटिएको हो अपरिचित बाट।।
घरबार बनाउने अपेक्षा थियो प्रित बाट।।
मैले मृत्यु त्यसकारण रोज्नु परेको हो।।
उनी खुसी हुन, चाहान्थिन् जित बाट।।
मुक्तक

उसको कुरा सुनेर मलाई खास लाग्दैन
खैइ किन हो कसै को पनि आस लाग्दै
हिजो गर्दन काट्छु भन्दै हिड्ने मान्छेले
आज मूटु दिन्छु भन्दा विश्वास लाग्दैन
मुक्तक
सताउँछन तिम्रै यादहरुले अक्सर नसोध
पागल हुन्छु तिम्रै पीरले सकभर नसोध
अचानोको पीडा खुकुरीलाई थाहा हुन्न,
प्रिया म दुखिको हरेकदिन खबर नसोध
मुक्तक
यहाँ सडकको बास भयो प्यार गरेर।।
धनसम्पत्ति सत्यानास भयो प्यार गरेर।।
जिन्दगीमा प्रगति केही गर्न सकिएन।।
मन मसाल तन लास भयो प्यार गरेर।।
सन्तोष चिराल, डोटी
