मनोज दाहालका दुई मुक्तक

१. मुक्तक
पिर नमान्नु बहिनी अर्को साल तिहारमा आउने छु ।
पक्कै पनि तिम्रो हातको टीका पनि लगाउँने छु ।
यो साल त यस्तै भयो बहिनि छुट्टि पाएन मैले
अर्को साल त जसरी नि बहिनी सँग हुन पाउने छु ।

२. मुक्तक
अब हामी लागि पर्नु पर्छ देश बदल्न लाई ।
समाजमा नपच्ने खालको भेष बदल्न लाई ।
छिमेकी देश बाट धेरै अपहेलित भयौँ हामी
त्यसैले त लागि पर्नु पर्छ परिवेश बदल्न लाई ।
लेखक :: मनोज दाहाल
ठेगाना : बन्गाड कुपिन्डे नगरपालिका ६ सल्यान
